Logo

दीपकराज गिरी भन्छन् : महान को हो ? त्यो निर्णय हामीले गर्ने होईन



काठमाडौं, २६ असोज । चलचित्र निर्माता, निर्देशक तथा नायक दीपकराज गिरीले महान को हो ? भनेर आफूहरुले निर्णय गर्ने विषय नभएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन् ।

बरु, उनले आ आफ्नो गल्ती स्विकारेर र हातेमालो गरी कमजोर भएको उद्योगलाइ मिलेर उचाल्नुपर्ने बताएका छन् ।  उनले आजबाट देशव्यापी रुपमा रिलिज भएको चलचित्र डाँडापारीको वरपिपलाई थप विवाद नबनाउन पनि भनेका छन् । उनले लेखेका छन्-

आज म लेख्दैछू ….
मेरो खुकुरीको नौलो कथा कसरी सुनाऊँ साथि !
पहिले खस्थ्यो बैरि माथि ,अहिले खस्छू भन्छ आफन्तै माथि !!
हामी चलचित्रकर्मी लाइ यस्तै भाको छ अहिले !
एउटाले अर्को लाइ प्रहार गर्छौ ,घाइते चाहि उद्योग हुदैछ
फ़ेसबुक, टिकटक, फिल्मिन्यूज हरूले हाम्रो बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ ! ….
उस्लाइ परेको हो, मलाइ होइन भनेर चूप बस्नेअबस्था पनि छैन !किनकि अलि अलि छिट्टा त हामि सबैलाइ परेको छ , पर्छ पनि !!
त्यसैले बन्द गरौ ब्यर्थका बहसहरू !आरोप प्रत्यारोपहरू !!
जस्ले हरेक दिन हाम्रै उचाइ घटाइरहेको छ !
धेरै पछि नेपाली फ़िल्म हलमा आएको छ
कमसेकम शुभकामना दिऔ “ डॉडा पारिको वर पिपल “ लाइ
थप बिबाद नगरौ !!
महान को हो त्यो निर्णय हामिले गर्ने होइन !
त्यसैले हाम्ले आआफ्नो गल्ति स्विकार गरेर ,
हातेमालो गरेर , कमजोर भएको उद्योग लाइ मिलेर उचालौ!
यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छू!
वडा दशै को हार्दिक मंगलमय शुभकामना !!!


प्रतिक्रिया दिनुहोस्

Screenshot