Logo

बैंकहरुले बढाए ब्याजदर, निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म



काठमाडौं, १ कात्तिक । बैंकहरुमा रकम अभाव भएपछि बचन र मुद्दतीमा ब्याजदर ह्वात्तै बढाएका छन् । यस आर्थिक वर्षको पहिलो त्रैमासिकबाट ब्याज बढाउने प्रतिष्पर्धा चलेकोमा कात्तिकबाट नयाँ ब्याजदर आउँदा वृद्धि देखिएको छ । बैंकहरुले निक्षेपकर्तालाई झण्डै १२ प्रतिशतसम्म ब्याजदर राखेका छन् ।

११ प्रतिशतभन्दा माथि ब्याजदर दिने घोषणा वाणिज्य बैंकहरुले गरेका छन् । यसबाट ऋण लिनेहरुको ब्याजदर बढ्ने भएको छ ।

निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याजदर हिमालय बैंकले ११.६७ प्रतिशतसम्म दिने उल्लेख गरेको छ । एनआइसी एशिया बैंकले र मुद्दतीमा ११.१० प्रतिशतसम्म ब्याज दिने घोषणासहित निक्षेपकर्तालाई आकर्षित गर्न थालेको छ ।

लक्ष्मी बैंकले ११.०५ प्रतिशत, सनराइज बैंकले १०.०७ प्रतिशत, सिद्धार्थले १०.३ प्रतिशत, नेपाल बँगलादेश बैंकले १०.२८ प्रतिशत, सिभिल बैंकले १०.६१, सेन्चुरी बैंकले १०.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।

वाणिज्य बैंकहरुमा अत्याधिक ऋण प्रवाह भएपछि निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाएका हुन् ।

निक्षेपभन्दा कर्जा पाँच गुणा बढीले प्रवाह भएपछि बैंकहरुले रकम तान्न ब्याजदर बढाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot