सुदिप सिंखडा
कुलमान तिमी नबोल,
कुलमान तिमी नहेर,
कुलमान तिमी नसुन,
तिमी तिम्रा आखाँमा वाहा वाहीको पट्टी बाधि बस,
कानमा तिम्रा जय जयकारका धुन गुन्जाई बस,
तिमी चयनको निन्द्रा सुत
यहाँ मेरा बचेराहरू दिनमै अन्धकारमा रूमलिरहेछन्, तिमी आराम गर,
तिमीलाई थाहा छ म को हु, जान्न चाहान्छौ ?
म तिम्रै छिमेकी । म धादिङ ।
छक्क पर्यौ..? तर सत्य यही हो,
तिम्रै झलमल्ल सिगांरिएको घरको पश्चिम पट्टीको घर त हो मेरो,
तिम्रा घर औसीका रातमा पनि झलमल्ल छन्,
मेरा घरमा दिउँसै औंसीका रात कति आए कति गए।
तिमीले जसरी तिम्रो घर सिगांरेउ के मेरो धर सिगांर्दिन सक्छौ ?
के तिमी यो छिमेकीले वर्षौ देखि भोग्दै आएको समस्याको समाधानी दिन्छौ ?
मैले कयौंपटक तिमीले मेरो घरमा उज्यालो छाउन पठाएकालाई हार गुहार गरेँ
तर आज म तिमीलाई गुहार्न बाध्य भए, म बाध्य भए ।
उहि तिम्रो छिमेकी
धादिङ