Logo

काठमाडौंमा आज २१४ संक्रमित थप



काठमाडौँ, ४ कात्तिक । आज देशभर ५ सय ४५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २ सय १४ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा १४७ , ललितपुरमा ५१ र भक्तपुरमा १६ संक्रमित थपिएका हुन् । त्यस्तै, आज कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका ५ सय ४५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्