Logo

च्याम्पियन्स लिग फुटबलः रियल मड्रिडको जित



काठमाडौं, १८ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडलेले जित निकालेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हातपारेको हो ।

रियल मड्रिडको जितमा दुवै गोल बेन्जिमाले गरे भने शख्तरको तर्फबाट डोस सान्तोस पेड्रोले एक गोल गरे । खेलको १४औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । यस्तै, शख्तरका पेड्रोले खेलको ३९औं मिनेटमा गोल गर्दै खेललाई बराबरी अवस्थामा पुर्याउका थिए ।

तर, दोस्रो हाफमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाएका थिए । खेलको ६१औं मिनेटमा बेन्जिमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाएका हुन् । समूह ‘डी’मा शीर्ष स्थानको रियल मड्रिडले ४ खेलबाट ९ अंक जोडेको छ । चौथो स्थानको शख्तर डोनेस्कले १ अंक जोड्यो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot