Logo

एक किलो गाँजासहित पक्राउ



पर्सा, २२ कात्तिक । अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ जाँदै गरेको ना.६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot