Logo

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक ललितपुरमा



काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने जनाईएको छ ।

देशैभर सङ्गठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने उक्त बैठकमा केन्द्रीय नेताको जिम्मेवारीअनुसार कार्यप्रगति, आगामी दिनमा पार्टीले सञ्चालन गर्ने राजनीतिक गतिविधि तथा अभियान, मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल, वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिने प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot