Logo

मेरी श्रीमतीले मलाई कसरी पत्याईन, रहस्यमय छः योगेश्वर अमात्य (भिडियोसहित)



काठमाडौं, २८ कात्तिक । नेपालका चर्चित पप गायक योगेश्वर अमात्यले आफु श्रीमतीलाई कसरी मन पर्यो भन्ने कुरा अझै रहस्यमय रहेको बताएका छन् ।

पप गायक अमात्यले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँग रमाइलो प्रसंगमा बोल्दै यस्तो बताएका हुन् ।

साथै, उनले महिलाहरुले पनि आफुलाई मन पराउने भन्दै आफुलाई पनि रोमान्स र सेक्स निकै मनपर्ने बताए । ‘मलाई साधारण र मेकअप नगरेका युवतिहरु सुन्दर लाग्छ’, उनले भने ।

गलफ्रेन्ड कति बनाउनुहुन्छ ? भन्ने प्रश्नमा उनले विवाहपछि गलफ्रेन्ड बनाउदा श्रीमतीले कुट्छ भन्ने डर लाग्ने भन्दै विवाहपछि पुरुषहरु अनुशासनमा बस्नुपर्ने बताएका थिए ।

यस्तै, पप गायनको क्षेत्रमा फरक प्रस्तुतिका कारण युवा देखि बुढासम्मको मनमा बस्न सफल गायक अमात्यले आफुले गाएका गीत आफैले सुन्दा अचम्ममा पर्ने भन्दैः उनले भने, ‘बच्चामा लेखेको ‘जब सन्ध्या हुन्छ’ भन्ने गित चर्चामा आएको देख्दा आफै अचम्ममा परेको छु’ ।

साथै, फरक प्रसंगमा बोल्दै उनले नेपालमा विचौलियाहरुको बिगबिगी रहेको भन्दै दुःख व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot