Logo

संयुक्त विद्यार्थी संगठन सिलिण्डर बोकेर प्रदर्शनमा, मूल्यवृद्धि फिर्ता लिन चेतावनी (फोटोफिचर)



काठमाडौं, २८ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय गठबन्धनका विद्यार्थी संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सिलिण्डरसहित प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुलगायत विभिन्न विद्यार्थी संगठनले आज संयुक्त रुपमा आन्दोलन गरेका हुन् ।

उनीहरुले बोकेको सिलिण्डरमा ‘मलाई किन यति मूल्य बनायौं?’ लगायतका नारा लेखिएका थिए । संयुक्त विद्यार्थी संगथनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ग्याँस सिलिण्डर, थाल प्रदर्शन कार्यक्रमको आयोजना गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot