Logo

सर्वोच्च अदालत परिसरमा पत्रकारलाई प्रवेशमा रोक



काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालत परिसरभित्र पत्रकारलाई रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बारको आन्दोलनमा रिपोटिङ गर्ने पत्रकारहरुलाई प्रवेशमा निषेध गरिएको हो ।

आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रैबाट रिपोटिङ गर्दै आएका थिए । सोमबार भने प्रहरीले रोक लगाएको हो ।

नेपाल बारले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि आन्दोलन गर्दै आएको छ । अर्कोतर्फ प्रधानन्यायाधीशको समर्थन र बारको विरोधमा सडकमा केही समुह पनि निस्किएको छ । सोमबार पनि सोही समुहका २० जना सर्वोच्चको गेट अगाडी प्रदर्शन गर्ने क्रममा पक्राउ परेका छन् ।

प्रधानन्यायाधीश जबराले आज नेपाल बार एसोसिएशनलाई वार्ताको लागि आह्वान गरेका छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot