Logo

यौन र्दुव्यवहार खुलासा गर्ने टेनिस स्टार पेङको अवस्थाबारे विश्वभर चासो



एजेन्सी, १ मंसिर । चीनकी टेनिस स्टार पेङ सुआईको अवस्थाबारे विश्वभर चासो बढेको छ । चीनका पूर्वउपप्रधानमनत्री चाङ गाओलीले आफूमाथि जर्बजस्ती यौन सम्बन्ध राख्न खोजेको सामाजिक सञ्जालमा खुलासा गरेकी पेङबारे चासो बढेको हो ।

विश्व नम्बर एक इभान जोकोभिचले चाङको अवस्थाबारे चासो राखेका छन् । पूर्व विश्व नम्बर एक नोआमी ओसाकाले पनि चाङको स्थितिबारे बोलेकी छिन् ।

विश्व टेनिस एशोशिएसनले चाङ सुरक्षित रहेको निश्चित गरेको छ । उनी सुरक्षित र भौतिक रुपमा कुनै खतरामा नरहेको जनाएको छ । तर, चाङ प्रत्यक्ष सम्पर्क बाहिर रहेको जनाइएको छ ।

चाङले पूर्वउपप्रधानमन्त्री गाओलीसँग यौन सम्बन्ध राखेको तर पछि सम्पर्कविहिन भएर पुनः नजिकिन खोजेर जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी छिन् । उक्त विषय सामाजिक सञ्जाल विअबोमा खुलासा गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot