Logo

दिशा पटानीको यी तस्बिरले तात्यो सामाजिक सञ्जाल



एजेन्सी, १२ मंसिर । बलिउडकी चर्चित अभिनेत्री दिशा पटानी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना दर्शकहरुलाई हट एण्ड ग्ल्यामरस तस्बिर शेयर गर्दै आएकी छिन् । उनका आकर्षक तस्बिरहरु फ्यानहरुलाई पनि अत्यधिक मन पर्छन् ।

दिशाले प्रायः समुन्द्रको किनारका छेउछाउमा बसेर पोज दिएका तस्बिरहरु शेयर गर्दै आएकी हुन्छिन् । आज पनि दिशाले आफ्नो एक बिकिनी तस्बिर शेयर गरेकी छिन् ।

तस्बिरमा दिशाले समुन्द्रको किनारमा रातो रङको बिकिनी लगाएर पोज दिएकी छिन् । यो तस्बिर शेयर गर्दै दिशाले क्याप्सनमा लेखेकी छिन्, ‘मिसिङ’ दिशाको क्याप्शनबाट नै प्रष्ट हुन्छ की उनले कसैलाई लामोसमयदेखि याद गरिरहेकी छिन् । अभिनेत्रीको यो तस्बिरलाई उनका फ्यानहरुले मन पराएका छन् र जमेर कमेन्ट पनि गरेका छन् ।

दिशाले अन्तिम समय सलमान खानसँग ‘राधे’ मा दखिएकी थिइन् । उनी चाँडै नै अब ‘एक विलेन रिर्टन्स’मा देखिने भएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot