Logo

दुलहीको साथी स्मार्ट बन्ने ५ आइडिया, यसरी सबैभन्दा विशेष हुनुहोस्



एजेन्सी, १२ मंसिर । विवाहको सिजनको महिना मंसिर सुरु भएको छ । कोरोना भाइरसको महामारीको कारण रोकिएका अथवा पछि धकेलिएका विवाहहरु पनि हुन थालेका छन् । विवाह भन्दा बित्तिकै महिलाहरु धेरै नै श्रृंगारिनु पर्छ । दुलहीको साथी भएर पुरै समय बिताउने (दुलहीका साथीहरु) लोकन्तीहरुले त झन आफ्नो श्रंगारमा विशेष ध्यान दिनुपर्छ ।

यी हुन् दुलहीको साथीको लागि ५ स्मार्ट आइडिया

हेयर स्टाइलः प्राय युवतीहरुले कपाललाई जुरो बनाएको देखिन्छ तर विवाह वा कुनै पनि फक्सनमा कपाल छाडेको राम्रो देखिन्छ । पुरै कपाल खुला राख्न मन नलागेमा हाफ भनेपनि छाड्नुपर्छ । अथवा साइड हेयर स्टाइल गर्न पनि राम्रो देखिन्छ ।

ड्रेसको चयनः यदि बिहानै कुनै कार्यक्रम भएमा लेहेंगा चोली वा अनारकली लगाउन सकिन्छ । बिहानै मेकअप एकदम लाइट राख्ने र धेरै गहना लगाउनु हुँदैन् । बेलुका रिसेप्सन भएमा इन्डो वेस्टन डार्क कलरमा पनि लगाउन सकिन्छ । आफुले चाहेमा डार्क मेकअप पनि गर्न सकिन्छ । पेन्सिल हिलको सट्टामा प्लेटफर्म हिल लगाउनु राम्रो हुन्छ । यसले धेरै आराम दिन्छ । आरामले काम गर्न पनि सकिन्छ ।

ह्यान्डब्यागः दुलहीको साथीले हातमा ह्यान्ड ब्याग लिनै पर्छ । तर ब्याग क्लासी र ट्रेन्डिग हुनुपर्छ । जुन तपाईको ड्रेस अनुसार आरामले प्रयोग गर्न सकियोस् । खाना खाने समयमा प्राय युवतीहरुले आफ्नो मोबाईल र पर्स बोक्न अरुलाई दिन खोज्छन् तर यसरी आफ्नो सामान कसैलाई दिन हुँदैन् । आफु स्मार्ट पनि हुनुपर्छ ।

के लगाउनेः जसलाई पनि एउटा काम गरेपछि अर्को काम सुरु गर्न कपडा बदल्न मन लाग्छ । तर के लगाउने कुनै आइडिया नै हुँदैन । यदि दुलाहा/दुलहीको बिशेष हुनुहुन्छ भने, त्यस अनुसारको पहिरन लगाउनुहोस् जुन अन्य कार्यक्रममा पनि सुन्दर देखिन्छ ।
स्मार्ट त तिनीहरू हुन् हरेक समारोहको लागि आफूलाई तयार राख्छन्।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot