Logo

घनश्याम भुसालले पनि गरे उपाध्यक्षमा उम्मेदवारी दर्ता



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को जारी १०औं महाधिवेशनमा आज नेतृत्वको लागि निर्वाचन हुँदैछ । अहिले धमाधम उम्मेदवारी दर्ता भैरहेको छ । नेता घनश्यम भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

भुसालले महाधिवेशनको भोलिपल्ट अर्थात् मंसिर ११ गते नै आफू उपाध्यक्षमा उठ्ने भन्दै सोहीअनुसार प्रचारप्रसार गरिसकेका थिए । उनले लोकतन्त्रमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने भन्दै गोजीबाट झिकेर केन्द्रीय कमिटी घोषणा गर्नु गलत हुने भन्दै विरोध गरिरहेका छन् । यसअघि नै भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराइसकेका छन् । स्रोतका अनुसार रावल समूहले सबै पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

तस्बिरः मुकुन्द कालिकाटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot