Logo

राप्रपामा सुर्यबहादुरको तस्बिरमात्र, छोरानाति काँग्रेसतिर



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा संस्थापक नेता सुर्यबहादुर थापाको तस्बिर सबैभन्दा माथि राखिएको छ । दिवंगत पूर्वप्रधानमन्त्री थापालाई राप्रपाले मार्गदर्शक नेता मानेको छ । तर, उनका छोरा सुनिलबहादुर थापा राप्रपामा छैनन् ।

राप्रपाबाट कुनैबेला सांसद समेत जितेका सुनिलबहादुर सोही दलबाट मन्त्री समेत बने । तर, उनी अहिले नेपाली काँग्रेसको सहमहामन्त्री छन् । काँग्रेस महाधिवेशनका लागि उनको आफ्नै तयारी छ ।

सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा पनि काँग्रेसको राजनीतिमा होमिएका छन् । उनी धनकुटाबाट प्रतिनिधि छन् ।

राप्रपाले संस्थापक नेता सुर्यबहादुरका छोरा र नाति समेत पार्टीमा नरहनु अर्थपूर्ण छ । कमल थापासँग असन्तुष्ट भएर सुनिलबहादुर थापाले राप्रपा छाडेका थिए ।
राप्रपाका अर्का संस्थापक नेता लोकेन्द्रबहादुर चन्द र उनका छोरा जयन्त चन्द भने पार्टीमै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot