Logo

काँग्रेस सुदूरपश्चिम प्रदेशको चुनावमा १००३ मत खस्यो, देउवा पक्षको पल्लाभारी



धनगढी, १८ मंसिर । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको मतदान सकिएको छ । कुल १ हजार २६ मतदातामध्ये १ हजार ३ मत खसेको छ ।

सुदूरपश्चिम प्रदेश काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह क्षेत्र हो । यसकारण पनि प्रदेशको चुनाव देउवाका लागि महत्वपूर्ण छ ।

सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट वीरबहादुर बलायर र इतर समूहबाट नारायण मिश्र उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुमा देउवा पक्षकै बर्चश्व छ । त्यसकारण पनि उनी पक्षका उम्मेदवार बलायरले जित्ने सम्भावना बलियो छ ।

सुदूरपश्चिम प्रदेश
संस्थापन पक्षः वीरबहादुर बलायर
संस्थापन इतर पक्षः नारायण मिश्र



प्रतिक्रिया दिनुहोस्

Screenshot