Logo

पुनः मत गणना गर्न गुरुराज घिमिरेको माग



काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरे उद्वव थापासँग दुई मतले पराजित भएका थिए।

उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन्। चित्त बुझ्दो मतपरिणाम नआए पछि पुनः मतगणनाको माग गरेको उनको भनाई रहेको छ ।

थापाले आठ सय ४४ मत ल्याएर कांग्रेस प्रदेश १ को सभापतिमा विजयी भए भने घिमिरेले आठ सय ४२ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot