Logo

नीता ढुंगानाले अब फिल्म निर्देशन गर्ने, अभिनेता हरिहर



काठमाडौं, २ पुस । बाल्यकालदेखि नै अभिनयमा लागेकी नायिका नीता ढुंगानाले अब फिल्म निर्देशनमा हात हाल्ने भएकी छिन् । हालसम्म नीताका फिल्म कुनै पनि सफल भएका छैनन् तर उनको राम्रो अभिनयको भने निकै चर्चा हुने गर्छ । नीता फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइहरेको छ ।

यसअघि नै ‘श्रीमद्धभागवत गीता’ वेब सिरिज निर्माण घोषणा गरेकी नीताले सिरिज भन्दा अगाडी वा पछाडी फिल्म गर्नेमा छलफल भइरहेको बुझिएको छ । गीताको काम ढिलो हुने भएमा फिल्मको काम अगाडी बढाउने तयारीमा छिन् नीता ।

बुधबार राजधानीमा भएको एक कार्यक्रममा युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले नीताको निर्देशनको फिल्ममा आफु काम गर्न तयार रहेको बताएका छन् । नीताले पनि आफ्नो फिल्ममा हरिहर अभिनेता हुने सम्भावना रहेको बताउँदै आएकी छिन् । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्