Logo

मोदीले किने १९ करोडको कार



एजेन्सी, १३ पुस। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार किनेका छन् । उनले मर्सिडिज ब्राण्डको मेब्याक एस-६५० नामक अत्याधुनिक कार किनेका हुन् । मोदीले हालै किनेको मेब्याक एस-६५० कारको बजार मूल्य १२ करोड भारु (१९ करोड २० लाख नेपाली रुपैयाँ) रहेको जनाइएको छ । हैदराबाद हाउसमा पहिलो पटक मोदीलाई मर्सिडिज मेब्याक एस ६५० मा देखिएको थियो ।

यसअघि मोदीले ल्याण्ड रोभर भोग र टोयटा ल्याण्ड क्रुजर जस्ता बुलेटप्रुफ कार प्रयोग गर्दै आएका थिए ।  मेब्याकको झ्याललाई पोलिकार्बोनेटले कोटिङ गरिएको हुँदा एके-४७ को गोली छिर्न सक्दैन । त्यस्तै, यो विस्फोटक पदार्थ प्रतिरोधी (ईआरभी) कार हो । कारमा सवार मानिस २ मिटरको दुरीमा १५ किलोग्राम टीएनटी विस्फोट हुँदासमेत सुरक्षित हुन्छन् ।

छ लिटर क्षमताका दुईवटा टर्बो भी-१२ इन्जिन रहेको कारको अधिकतम गति प्रति घण्टा १६० माइल रहेको छ । कारको भित्री भाग निकै विलासीपूर्ण रहेका छन् । साथै, कारमा पंचर हुँदासमेत गुड्न सक्ने विशेष खाले टायर प्रयोग गरिएको हुन्छ । यसबाहेक, ग्याँस आक्रमण भएको खण्डमा छुट्टै एयर सप्लाइ हुने व्यवस्था छ । गुजरातको मुख्य मन्त्री हुँदा उनले बुलेटप्रुफ महिन्द्रा कार प्रयोग गरिरहेका थिए। सन् २०१४ मा उनले प्रधानमन्त्रीको कुर्सि सम्हालेपछि पहिलो पटक बि एम डब्लु कार चढेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot