Logo

रणवीर सिंहको ‘८३’ को टिकट शाहरुख खानको ‘जीरो’ भन्दा कम बिक्रि



एजेन्सी, १९ पुस । बलिउडका चर्चित अभिनेता रणवीर सिंह, अभिनेत्री दीपिका पादुकोण, पंकज त्रिपाठी स्टारर कबीर खानको स्पोर्ट्स ड्रामा ‘८३’ ले बक्स अफिसमा रेकर्ड तोड्ने अनुमान गरिएको थियो । तर, फिल्म अपेक्षाअनुरूप चल्न सकेन ।

फिल्मले अहिलेसम्म ९ दिनमा बक्स अफिसमा ७९.४६ करोड कलेक्सन गरिसकेको छ । बक्स अफिस अफ इन्डियाका अनुसार ‘८३’ (हिन्दी) को दर्शक निकै कम छन् र पहिलो हप्ता मात्रै ३८ लाख टिकट बिक्री भएका छन्। यो संख्या शाहरुख खानको ’जीरो’ (६९ लाख टिकट) सँग तुलना गरिएको छ। जुन बक्स अफिसमा फ्लप रह्यो ।

‘८३’ मा पनि हिन्दी फिल्मको लागि सबैभन्दा बढी टिकट दर छ, र यो पनि यसको असफलताको प्रमुख कारण हो भनेर सिनेमा व्यवसायीहरुको अनुमान छ । अर्कोतर्फ टिकटको दर कम राखेको भए सङ्कलन अझै घट्ने थियो भन्नेहरु पनि छन् ।

कबीर खान द्वारा निर्देशित यो फिल्म १९८३ क्रिकेट विश्वकप मा भारतीय क्रिकेट टीमको जीतको कथा आधारित छ । ‘८३’ मा ताहिर राज भसिन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहियाको पनि अभिनय छ । हार्डी सन्धु, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य कार्वा र आर बद्री मुख्य भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot