Logo

‘हामी तीन भाई’ फिल्मको सिक्वेल बन्ने, फिल्मको गीतमा अस्मिताको स्वर



काठमाडौं, २१ पुस । १७ वर्ष अगाडी निर्माण भएको सुपरहिट फिल्म ‘हामी तीन भाई’ को सिक्वेल बन्ने भएको छ । मधुसुदन भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाई, दिक्षा पाण्डे, दीपक मगर लगायत कलाकारहरुको जोडदार अभिनय रहने भएको छ ।

१७ वर्ष अगाडी सफल भएको यस फिल्ममा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, रेखा थापा, नन्दिता केसीको उत्कृष्ट अभिनय रहेको थियो ।

मंगलबार फिल्मको गीत रेकर्ड पनि भएको छ । गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र संगीतकार शक्तिले स्वर दिएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot