Logo

मोदीले बोलाए आपतकालीन बैठक



एजेन्सी, २५ पुस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । भारतमा कोरोना भाइरसको तेस्रो लहर आउने संकेत देखिएपछि मोदीले बैठक बोलाएका हुन् ।

मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यममा खबर छ । आज (आइतबार) अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्ने जनाइएको छ ।

संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने जनाइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समिक्षा गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot