Logo

टिभी सिरिज ‘किन मायामा’ वर्षा र असिफ



काठमाडौं, २७ पुस । असिम शाहले निर्देशन गर्ने टिभी सिरिज ‘किन मायामा’मा नायिका वर्षा राउत मुख्य भुमिकाको लागि अनुबन्धित भएकी छिन् । उक्त सिरिजमा असिफ शाहको पनि मुख्य भुमिका रहने जनाइएको छ ।

सामाजिक र पारिवारिक कथावस्तुमा निर्माण हुने उक्त सिरिज जी ट्वान्टी वान डिजिटल र कान्तिपुर टेलिभिजनको सहकार्यमा निर्माण हुन लागेको हो । पारिवारिक कथामा आधारित सिरिजमा श्रीमान श्रीमतीबीचको प्रेम उतारचढाव गहिरिएर देखाउन खोजिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot