Logo

फ्रेन्ड्सलाई हराउदै आर्मी तेस्रो स्थानमा उक्लिन सफल (फोटोफिचर)



काठमाडौं, १ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत नवौं चरणको खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज (शनिबार) भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको दशौं मिनेटमा जगदिश श्रेष्ठले गोल गर्दै आर्मीलाई सरुआती अग्रता दिलाएका थिए ।

खेलको ४४औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुआति मिनेटमै फ्रेन्ड्सका जोमोल फ्रान्सीयोसले गोल गर्दै खेललाई १–२ को अवस्थामा पुर्याएका थिए ।

तर, ७१औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई पुनः दुई गोलको अग्रता दिलाए । उनले जगदिश श्रेष्ठको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए ।

यस जितसँगै आर्मी १७ अंक सहित तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

साथै, फ्रेन्ड्स ३ अंकका साथ तालिकाको पुछारमा रहेको छ । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot