Logo

रोनाल्डोबिना मैदान उत्रिएको युनाइटेड बराबरीमा रोकियो



एजेन्सी, माघ २ । सुपरस्टार खेलाडी क्रिस्टियनो रोनाल्डोबिना मैदान उत्रिएको म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाइटेड एस्टन भिल्लासँग २(२ गोल्को बराबरीमा रोकिएको हो ।

भिल्ला पार्कमा भएको खेलमा युनाइटेडको लागि ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा भिल्लाको लागि जाकोब राम्से र फिलिपे कौन्टिन्होले समान एकरएक गोल गरे । खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा टेल्लेसको पासमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६७ औं मिनेटमा फ्रेडको पासमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए । ७७ औं मिनेटमा जाकोब राम्सेले गोल गर्दै भिल्लालाई २(१ गोलको स्थितिमा ल्याए । ८२ औं मिनेटमा राम्सेको पासमा कौन्टिन्होले गोल गर्दै भिल्लालाई बराबरीमा ल्याए । बिहीबार मात्र भिल्लासँग अनुबन्ध भएका कौन्टिन्होले डेब्यु खेलमै गोल गरेका हुन् ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल २(२ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै युनाइटेड २० खेलबाट ३२ अङ्कको साथ सातौं स्थानमा छ भने भिल्ला समान खेलबाट २३ अङ्कको साथ १३ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot