Logo

वीरगन्जलाई राजधानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन



काठमाडौँ, २ माघ। प्रदेश २ को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै त्यहाँका युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आज (आइतबार) युवाहरुले प्रदर्शन गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ।

मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै त्यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनको अगुवाइ गरेका लोसपा पर्साका उपाध्यक्ष सुजित गिरीले वीरगन्जलाइ राजधानी बनाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot