Logo

विन्टर ओलम्पिकः जर्मनी शीर्ष स्थानमा, कुन देशलाई कति पदक ?



काठमाडौं, २७ माघ । बेइजिङमा जारी विन्टर ओलम्पिकमा जर्मनी पदक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । जर्मनीले कुल आठ पदक जित्दा ५ स्वर्ण र तिन रजत पदक जितेको छ । यस्तै तालिकाको दोस्रो स्थानमा रहेको नर्वेले चार स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको स्वीडेनले सात पदक जित्दा चार स्पर्ण, एक रजत र दुई कास्य जितेको छ ।

साथै, तिन स्वर्ण, पाँच रजत र एक कास्य हात पारेको अमेरिका चौथो स्थानमा रहेको छ ।

तिन स्वर्ण, तिन रजत र एक कास्य जित्दै नेदरल्याण्ड पाँचौं स्थान रहल सफल भएको छ ।

आयोजक चीनले तिन स्वर्ण र दुई रजत पदक आफ्नो पोल्टामा पारेको छ ।

अष्ट्रीयाले १० पदक हात पार्दा २ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ ।

आठौं स्थानको इटालीले २ स्वर्ण, ४ रजत र १ कास्य जितेका छ ।

साथै, रुस ओलम्पिक कमिटिले २ स्वर्ण, ३ रजत र ६ कास्य तथा स्लोभेनियाले २ स्वर्ण, १ रजत र २ कास्य जितेको छ ।

फ्रान्सले १ स्वर्ण र ५ रजत तथा क्यानाडाले १ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ ।

१३औं स्थानमा रहेको जापानले १ स्वर्ण, १ रजत र ३ कास्य जित्दा स्वीट्जरल्यान्डले १ स्वर्ण र ३ कास्य हात पारेका छन् ।

अष्ट्रेलिया र दक्षिण कोरियाले समान दुई÷दुई पदक जित्दा १ स्वर्ण र १ कास्य जितेका छन् ।

चेक रिपब्लीक, न्यूजिल्यान्ड र स्लोभाकियाले समान एक÷एक स्वर्ण प्राप्त गरेका छन् ।

यस्तै, बेलारुस र स्पेनले समान एक÷एक रजत पदकमा चित्त बुझाँएका छन् भने हंगेरीले दुई कास्य जितेको छ ।

फिनल्यान्ड र पोल्यान्डले समान एक÷एक कास्य प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot