Logo

एमसीसीमा नेताहरुले डबल स्ट्यान्ड छाड्नुपर्छः सुजाता (भिडिओसहित)



काठमाडौं, ३ फागुन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले एमसीसीमा दोहोरो भूमिका नदेखाउन शिर्ष नेताहरुलाई भनेकी छिन् । आज काँग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारको प्रश्नमा उनले एमसीसी तत्काल पारित गरेर अगाडि बढ्ने निर्णयमा पुग्न आग्रह गरिन् ।

‘एमसीसी पारित नगरी बस्दा नेपाललाई ठूलो क्षति पुग्छ,’ कोइरालाले भनिन्,‘नेताहरुले डबल स्ट्यान्ड छाड्नुपर्छ ।’

अहिले मुख्य दलको नेतृत्वमा रहेका नेताहरु प्रधानमन्त्री हुँदा एमसीसी बढाएको स्मरण गराउँदै अहिले आएर बोली फेर्न नमिल्ने बताए । देशमा विकास नै हुन नदिने एउटा समूह जहिले सक्रिय रहेको भन्दै त्यस्तालाई निरुत्साहित गर्नुपर्ने बताइन् ।

एमसीसीले नेपाल विदेशीको कब्जामा पर्छ, सैन्य प्रभाव बढ्छ भन्नु जग हसाउने कुरा भएको बताइन् । उनले भनिन्,‘एमसीसी आएमा विदेशी सेना नै आउँछ, सैन्य प्रभाव बढ्छ भन्दा दुनियाँ हाँस्छन् ।’ नेपालको सुरक्षाका लागि नेपाली जनता सक्षम भएको बताउँदै नेपाल विगत देखि वर्तमानसम्म कसैको प्रभावमा नपरेको र भविष्यमा पनि नपर्ने बताइन् ।

एमसीसी लिन्न भन्दा राम्रो सन्देश नजाने बताइन् । उनले भनिन्,‘एमसीसी नलिदा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएर जान्छ ।’ उनले एमसीसीमा अल्झिएर बस्ने नभई विकासका अन्य काममा अगाडि बढ्न जोड दिइन् ।

https://www.facebook.com/watch?v=909544223042805



प्रतिक्रिया दिनुहोस्

Screenshot