Logo

सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन मङ्गोल नेशनल अर्गनाईजेशनको माग



झापा, ८ फागुन: मङ्गोल नेशनल अर्गनाईजेशन सङ्गठनले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागीका लागि सबै दललाई चुनाव चिन्ह उपलब्ध गराउन माग गर्दै आज निर्वाचन कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् ।

‘विभेद्कारी कानुन संशोधन गर, महामानव डा गोपाल गुुरुङ अमर रहुन, स्थानीय चुनावमा सबै दललाई चुनाव चिन्ह प्रदान गर’ लगायतका नारा लेखिएको प्ले कार्डसहित चन्द्रगढीस्थित ट्रेड युनियन चोकबाट निकालिएको ¥यालीले निर्वाचन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

सङ्गठनकी अध्यक्ष बानिरा मेचेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा निर्वाचन आयोगमा दर्ता भई सम्पूर्ण प्रक्रिया पूरा गरिसक्दा पनि आसन्न स्थानीय तहको निर्वाचनमा थ्रेसहोल्ड लागू गरिएको र सोही अनुरुप स्थानीय निर्वाचन ऐन–२०७३ को दफा २६ को उपदफा ६ अनुसार चुनाव चिन्ह नदिनु भनेको लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको उल्लेख छ ।

जनताले चाहेको दल र चुनाव चिन्ह रोज्न पाउने लोकतान्त्रिक अधिकारलाई मान्यता दिइनुपर्नेसमेत ज्ञपनपत्रमा उल्लेख छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot