Logo

फिल्म फ्लप हुने भन्दै आलियामाथि कंगनाको प्रहार



एजेन्सी, ९ फागुन । बलिउड अभिनेत्री कंगना रनौतले हालै आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावाडी’ लाई निशाना बनाएकी छिन् । कंगनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै आलियाको फिल्मका लागि कास्टिङलाई सबैभन्दा ठूलो गल्ती भनेकी छिन् ।

यति मात्र होइन, कंगनाले ‘पापा की परी’ फिल्म फ्लप हुने पनि बताएकी छिन् । ‘गंगुबाई काठियावाडी’ यही शुक्रबार (२५ फागुन) सिनेमा हलमा रिलिज हुँदैछ ।

रनौट सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिका कारण सधै चर्चामा रहन्छिन् । कंगनाले सामाजिक सञ्जाल स्टोरी मार्फत अप्रत्यक्ष रूपमा करण जोहरको फिल्म माफिया डैडी र आलियालाई बिम्बो भन्दै लेखेकी छिन्,‘यस शुक्रबार बक्स अफिसमा २०० करोड जलेर खरानी हुनेछ । किनभने पापा रोमकोम बिम्बोले अभिनय गर्न सक्छन् भनेर प्रमाणित गर्न चाहन्छन्….फिल्मको सबैभन्दा ठूलो कमजोरी भनेको उनको गलत कास्टिङ हो…यसले सुधार गर्दैन, पक्कै पनि हलिउड र साउथका फिल्महरूले बढी कमाइ गरिरहेका छन्। जबसम्म फिल्म माफियाको हात छ, बलिउडको भाग्य डुब्ने निश्चित छ।“



प्रतिक्रिया दिनुहोस्

Screenshot