Logo

त्रिविको एमबीए ९ बर्षदेखि अनिश्चित



काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।

त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए सञ्चालन गरिरहेका छन् ।

हाल पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीए सञ्चालन गर्दै आएका छन् । तर त्रिविले भने अहिलेसम्म एमबीए सञ्चालन गर्न नसक्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot