Logo

युक्रेनको राजधानी किभमा पसे रुसी सेना



एजेन्सी, १३ फागुन। रुसले युक्रेनमाथिको पूर्ण आक्रमण घोषणा गरेको दोस्रो दिन आज (शुक्रबार) राजधानी किभमा रुसी सेनाले प्रवेश गरिरहेको छ । रुसले ३० भन्दा बढी नागरिक रहेको क्षेत्रहरूमा बम बारी गरेको युक्रेनले जनाएको छ ।

रुसले युक्रेनका विभिन्न शहरहरुमा आक्रमण गरिरहेका बेला १ लाख भन्दा बढी नागरिकले देश छोडेर युरोपेली मुलुकहरूतिर शरण माग्न पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोका पूर्वी युरोपेली सदस्यहरूबाट रक्षा सहायता लिन र रुसलाई वार्ताको टेबुलमा ल्याउन मद्दत गर्न आफ्नो पोल्यान्डका समकक्षी एन्ड्रेज डुडासँग वार्ता गरेको बताएका छन् ।

‘हामीलाई युद्ध विरोधी गठबन्धन चाहिएको छ’, युक्रेनी राष्ट्रपतिले ट्वीट गर्दै भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot