Logo

विश्वकप फुटबलमा कुन कुन देश छनोट भए (नामसहित)



एजेन्सी, १२ चैत्र । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलको छनोट चरण अन्तिम चरणमा पुगेको छ । कुल ३२ टोलीले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा अहिलेसम्म १९ टोली छनोट भइसकेका छन् । बाँकी १३ टोलीको टुंगो लाग्न बाँकी छ । त्यसमध्ये पनि केही टोली छनोट हुने निश्चिप्रायः बनेको छ ।
छनोट चरण अन्तिमतिर पुगिसकेको छ । यूरोप, एशिया प्यासिफिक र दक्षिण अमेरिकाबाट सिधै छनोट हुने टोलीको टुंगो लागिसकेको छ । उक्त क्षेत्रमा प्ले अफ खेल्ने टोलीको छनोटको टुंगो लाग्न मात्र बाँकी छ ।

यूरोपबाट १० देश छनोट भइसकेका छन् । बाँकी ३ देशको प्ले अफबाट टुंगो लाग्नेछ ।

एशिया प्यासिफिकबाट ४ र एशियाबाट ४ टोली सिधै छनोट भइसकेका छन् । कतार आयोजकका रुपमा छनोट भइसकेको छ । उत्तर अमेरिकाबाट क्यानडा विश्वकपमा छनोट भएको छ ।

अफ्रिकाबाट पहिलो चरणको प्ले अफ म्याच सकिएको छ । अब निर्णायक प्ले अफ बाँकी छ । अफ्रिकाबाट पाँच टोलीको छनोट चाँडै लाग्नेछ ।
एशियाबाट गएराति जापान र साउदी अरेबिया छनोट भएका छन् । यसअघि इरान र दक्षिण कोरिया छनोट भइसकेका छन् । एशियाबाट दुई टोलीले प्ले अफ म्याच खेल्नेछन् । उक्त टोलीले दक्षिण अमेरिकाको पाँचौं टोलीसँग प्ले अफ म्याच खेलेपछि छनोट हुने टोलीको टुंगो लाग्नेछ ।
यूरोपका टोलीबीच प्ले अफ म्याच चलिरहेको छ । प्ले अफ पनि अन्तिम चरणतिर पुगेको छ ।

एशिया
कतार, इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया । अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने । विजेताले दक्षिण अमेरिकाबाट पाचौं हुने टोलीसँग प्ले अफ खेलेपछि टुंगो लाग्ने

यूरोप
जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएशिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीटजरल्यान्ड, नेदरल्यान्ड्स । बाँकी ३ टोली प्ले अफबाट टुंगो लाग्न बाँकी

दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे । पाचौं हुने टोलीले प्ले अफ खेलेपछि टुंगो लाग्ने

उत्तर अमेरिका
क्यानडा छनोट हुने निश्चितप्रायः । बाँकी २ टोली टुगो लाग्न बाँकी । एक टोलीले प्ले अफ म्याच खेल्ने

अफ्रिका
१० टोलीबीच प्ले अफको पहिलो म्याच सकियो । दोस्रो म्याचबाट ५ टोली टुंगो लाग्ने



प्रतिक्रिया दिनुहोस्

Screenshot