Logo

नेपालले पीएनजीलाई दियो दुई सय ७९ रनको चुनौती



काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ७९ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको नोक्सानीमा दुई सय ७८ रन बनाएको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सतक पुरा गरे । उनले १४० बलमा १०५ रन बनाएका हुन् ।

यस्तै, देव खनालले अर्धसतक पुरा गरे । देवले ४ चौका र तिन छक्काको मद्दतमा ७२ रनमा पविलियन फर्किए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot