Logo

चोनबुरी एफसीविरुद्ध पहिलो हाफमा नेपाल एक गोलले पछि



काठमाडौं, १३ चैत । थाइल्याण्डको क्लब चोनबुरी एफसीसँगको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पहिलो हाफमा एक गोलले पछि परेको छ ।

चोनबुरीमा जारी खेलको पहिलो हाफमा नेपाल घरेलु टोलीसँग १–० गोलले पछि परेको हो ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड गएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot