Logo

कांग्रेसको युवा प्रचार–प्रसार उपसमितिमा सिन्धपाल्चोकका युवा नेता ई.राकेश श्रेष्ठ



काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो ।

स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयेजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा युवा नेता तथा इन्जिनियर राकेश श्रेष्ठ मनोनित भएका छन् ।

विद्यार्थी राजनीतिमा लागेका श्रेष्ठलाई पार्टीले स्थानीय तहको निर्वाचन प्रचारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सहित मनोनित गरेको प्रचार–प्रसार समितिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot