Logo

हाम्रो लडाई कुनै दलसंग नभई भ्रष्टचार र वेथिति बिरूद्ध हो–ज्ञानेन्द्र शाही



काठमाडौं, २५ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको लडाई कुनै व्यक्ति र पार्टीसंग नभई सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्धमा रहेको बताएका छन् ।

स्याङ्जा को आयोजनामा बिहीबार सम्पन्न भएको बृहत आमसभा लाई सम्बोधन गर्दै राप्रपाका प्रबक्ता शाहिले देशको बर्तमान अवस्था सबै तिरबाट बर्बाद भईसकेको बताएका हुन् ।

उनले भने,‘हाम्रो लडाई कुनै व्यक्ति र पार्टी संगको होईन सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्ध हो ।’ देशलाई भ्रष्टतन्त्रले बर्षौ पछाडि धकेलेको छ भन्दै शाहीले भने,‘देशको राष्ट्रियता धरापमा पर्नु, जनताले महङ्गीमा डुब्नुको मुख्यकारण नै भ्रष्टाचार रहेको उल्लेख गरे ।
चापाकोट राप्रपा को बृहत आमसभामा पार्टिका केन्दिय सदस्य हिक्मत जङ्ग कार्की, प्रदेश अध्यक्ष पन्चराम गुरूङ, लगायतका शिर्ष नेताहरूले सभालाई सम्बोधन गरेका थिए।।



प्रतिक्रिया दिनुहोस्

Screenshot