Logo

स्थानीय तहको निर्वाचन : आज साँझ ५ बजे आयोगले आचारसंहिता लागु भएको घोषणा गर्दै



काठमाडौं, २५ चैत्र । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ ।

त्यसको लागि आयोगले आज साँझ ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागु भएको जानकारी दिने भएको छ ।

स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।

यसअघि आयोगले आचारसंहिता पालनाको लागि दलहरुलाई आयोगमा बोलाएर प्रतिबद्धता खोजेको थियो ।

दलहरु अहिले निर्वाचनको तयारीमा जुटिसकेका छन् । सत्ता गठबन्धनको बैठक पनि बसेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot