Logo

अर्थमन्त्री शर्माको आरोप– राष्ट्र बैंकका उच्च कर्मचारीले मिडियामा गोप्य सुचना चुहाँउछन्



काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले बार्गेनिङ गरेको सूचना आफुले पाएको उनको दाबी छ ।

व्यापारी शाहको खातामा अमेरिकाबाट आएको रकम राष्ट्र बैंकले रोक्का राखिदिएपछि वैदेशिक लगानी भित्र्याउन आफूले सहजीकरण गरिदिएको प्रतिक्रिया समेत दिएका थिए ।

अमेरिकाबाट शंकास्पद रुपमा नेपाल भित्रीएको करोडौं रकम छुटाउन अर्थमन्त्री शर्माले अनुसन्धानरत निकायलाई निर्देशन दिएको आरोप लागीरहेको समयमा मन्त्री शर्माबाट यस्तो प्रतिक्रिया आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot