Logo

माओवादी केन्द्रका नेता देव गुरुङलाई पत्रकार धमलाको प्रश्न, “स्थानीय तहको चुनाव गर्नुहुन्छ कि सार्नका लागि अपिल निकाल्दै हुनुहुन्छ ?”



काठमाडौं, २८ चैत । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले स्थानीय तहमा गठबन्धनका लागि भरेसम्म निर्देशन, परिपत्र वा वक्तव्य आउन सक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “स्थानीय तहमा गठबन्धनका लागि संयुक्त संयन्त्रका बैठक भइरहेका छन् । पालिका पालिकामा सहमतिका पहल सुरु भएका छन् । सैद्धान्तिक रुपमा सहकार्य गर्नुपर्छ भन्ने आए पनि मूर्त रुप लिएको छैन । आज संयन्त्रको बैठक बसेपछि भरेसम्म निर्देशन, परिपत्र वा वक्तव्य आउन सक्छ ।”
उनले लोकतान्त्रिक तवरबाट पार्टीको पोजिसन अनुसार उम्मेदवारी तय हुने पनि बताए । गुरुङले थपे, “स्थानीय तहमा वडा सदस्यसम्म तालमेल मिलाएर जाने भन्ने छ । जनस्तरमा सहकार्य गर्ने विषय भएकाले लोकतान्त्रिक प्रणाली अनुरुप नै जानुपर्छ । माथिबाट यान्त्रिक रुपमा पठाएर मात्र हुँदैन ।”
तपाईंहरुले त चुनाव गर्नका लागि होइन, सार्नका लागि अपिल गर्नुहुन्छ भन्ने हल्ला छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “नेत्रविक्रम चन्द (विप्लव) को समूह विद्रोही हो । निर्वाचनमा सहभागी हुने उसको अधिकारको कुरा हो ढिलो भए पनि। यदि उसले सहभागिता जनाउन खोज्छ भने त्यसमा निर्वाचन आयोग र सरकारले सोच्ने कुरा हो । दल दर्ता, मतदाता नामावली अद्यावधिक गर्नुपर्ने उसका माग सम्बोधनका लागि प्राविधिक कुरालाई लिएर पन्छाउन मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot