Logo

भरतपुर महानगरको मेयरमा रेनु दाहालको उम्मेदवारी दर्ता



भरतपुर, १२ बैशाख । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको सर्मथन रहेको छ। उनले आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।

उनीसँगै उपप्रमुखमा नेपाली कांग्रेसका भरतपुर नगरसभापति चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

दाहालको प्रस्तावकमा नेपाली कांग्रेस भरतपुर महानगर सचिव र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने रहेका छन् । दाहाल र अधिकारी सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । ठूलो सङ्ख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दाहाल विसं २०७४ मा पनि नेपाली कांग्रेसको सहयोगमा महानगरको प्रमुख बनेकी थिइन्।

दाहालले प्रमुखमा उम्मेदवारी दिन केही दिनअघि सोे पदबाट राजीनामा दिएकी थिइन् । अधिकारी विसं २०७४ को निर्वाचनमा महानगरको वडा नं २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति हुन् । गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ । उनको साथमा कांग्रेस नेताहरु गीता वाग्ले, चित्रसेन अधिकारी, मधु न्यौपानेलगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot