Logo

हप्तामा दुई दिन बिदासँगै कार्यालय समय बढाइयो



काठमाडौं, १४ बैशाख । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय पनि बढाएको छ ।

जेठ १ गतेदेखि लागु हुनेगरी कार्यालयहरु ९ः३० देखि साझ ५ः३० सम्म सञ्चालन हुने भएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot