Logo

भारतमा ३३ सय नयाँ संक्रमित थप, ४० जनाको मृत्यु, सबैभन्दा धेरै दिल्लीमा



एजेन्सी, १८ बैशाख । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ३ सय २४ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४० जनाको मृत्यु भएको छ । त्यस्तै देशभर २८ सय संक्रमित निको भएका छन् ।

कोरोनाको चौथो लहरमा सबैभन्दा धेरै केसहरू दिल्लीका छन्। दिल्लीमा १५२० नयाँ केसहरू दर्ता भएका हुन्। सक्रिय केस अर्थात् उपचार गराइरहेका बिरामीको संख्या पनि १९,०९२ पुगेको छ ।

दिल्लीमा उच्चतम सकारात्मकता दर.१० % रेकर्ड गरिएको छ । दिल्लीमा १ जनाको मात्र मृत्यु भएको थियो । दिल्लीमा सक्रिय बिरामीहरूको संख्या बढेर ६७१६ पुगेको जनाइएको छ, जुन फेब्रुअरी ९ पछिको सबैभन्दा उच्च हो।

यसैगरी, महाराष्ट्रमा १६६ नयाँ संक्रमित थपिएका छन् । यहाँ ९९८ सक्रिय केसहरू र सकारात्मकत दर १% छ। मुम्बईमा सबैभन्दा बढी ९४ संक्रमित दर्ता भएका छन्।



प्रतिक्रिया दिनुहोस्