Logo

राजेन्द्र लिङदेनको पालिकामा गठबन्धनले लियो अग्रता



झापा, १ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गुहपालिका कचनकवल गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेस–एमालेको गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका कलेन्द्रप्रसादसिंह राजवंशीले ४८३ मतले अग्रता लिएका हुन् ।

राजवंशीले १२२७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार अन्जरा आलमले ७५५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । यसैगरी, माओवादीका उम्मेदवार बुद्धिप्रसाद नेपालले ८१ र जसपाका ज्ञानबहादुर राईले ३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot