Logo

सरकारको नीति तथा कार्यक्रम–२०७९ : फास्ट–ट्रयाक समयमै सक्नेगरि काम अघि बढाइने



काठमाडौं, १० जेठ । सरकारले तराई मधेश–काठमाडौं फास्ट ट्रयाक समयमै सक्ने गरी काम अघि बढाउने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै फास्ट ट्रयाकको काम सक्नेगरी कार्य अघि बढाइने जानकारी दिइन् ।

२०८१ सालभित्र फास्ट ट्रयाक सक्ने सरकारले लक्ष्य लिएको छ । जिल्ला सदरमुकाम जोड्ने सडकलाई चारलाइनमा विस्तार गरिने उनले बताइन् ।
काठमाडौंका सम्भाव्य स्थानमा फ्लाइओभर निर्माण गरिने सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot