Logo

सोमबार बिहानैदेखि सम्पर्कविहीन तारा एयरको खोजी सुरु



काठमाडौं, जेठ १६ । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको आज बिहानैबाट पुनः खोजी कार्य सुरु भएको छ ।

सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारीहरुले खोजीकार्य जारी सोमबार विहानैदेखि पुनः सुरु गरेका हुन्।

खराब मौसमका कारण आइतबार दिनभर खोज्दा विमान भेटिएको थिएन् । आज विहानैदेखि विमानको खोजीमा दुई वटा हेलिकप्टर प्रयोग गरिएको छ ।

फिस्टेल एयर र नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले हवाई मार्गबाट खोजी सुरु गरेका छन् भने स्थलमार्गबाट सुरक्षा निकाय तल्लिन छन्। नेपाली सेनाका अनुसार आशंका गरिएका ठाउँ वरपर खोजी कार्य भइरहेको छ ।

आजपनि सम्भावित क्षेत्रको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन् । सम्भावित क्षेत्रका नजिकै सेनाको हेलिकप्टर ल्यान्ड गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot