Logo

बलिउडकी नायिका सोनाली क्यान्सर जितेर सुटिङमा फर्किइन्



एजेन्सी, २२ जेठ । बलिउड नायिका सोनाली बान्द्रे क्यान्सर जितेर सुटिङमा फर्किएकी छिन् ।

९० को दशकमा सरफरोश, दिलजले, मेजर साब जस्ता फिल्ममा काम गरिसकेकी सोनाली बान्द्रे अहिले ओटीटी प्लेटफर्ममा ‘द ब्रोकन न्यूज’ नामक वेब सिरिजबाट डेब्यु गर्दैछिन् ।

सन् २०१८ मा क्यान्सर ग्रस्त भएकी सोनालीले अभिनयसँगै अहिले बुक क्लब चलाउँछिन् । सोनालीले ‘द ब्रोकन न्युज’ वेब सिरिजमा सम्पादकको भूमिका निभाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot