Logo

क्यान्सर जित्ने मनिषादेखि सोनालीसम्म, यी हुन् बलिउड अभिनेत्री



एजेन्सी, २९ जेठ । बलिउड अभिनेत्री महिमा चौधरीले क्यान्सरसँगको लडाइँ जितेकी छिन् । अनुपम खेरले महिमाको भिडियो सेयर गर्दै उनलाई क्यान्सरसँग लड्ने नायकको रुपमा वर्णन गरेका छन् । यस भिडियोमा महिमालाई चिन्न पनि गाह्रो छ, किनभने उनको लुक धेरै परिवर्तन भएको छ र उनको कपाल पनि धेरै घटेको छ।

बलिउडमा यस्ता धेरै सेलिब्रेटीहरू छन् जसको क्यान्सरबाट निको भएपछि फोटो र भिडियोहरूले फ्यानहरूलाई आश्चर्यचकित तुल्याएका छन् ।

सोनाली बेन्द्रे : सोनालीलाई सन् २०१८ मा मेटास्टेटिक क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनले न्यूयोर्कमा यो रोगको उपचार गराए । अहिले उनी पूर्णरुपमा स्वस्थ छिन् र अब छिट्टै ब्रोकन न्यूज नामको वेब सिरिजबाट कमब्याक गर्दैछिन् ।

मुमताज : मुमताजलाई सन् २००२ मा स्तन क्यान्सर भएको पत्ता लागेको थियो । ५४ वर्षको उमेरमा यो रोग लागेपछि उनले ६ वटा केमोथेरापी र रेडिएसन थेरापी गराए र यो रोगबाट मुक्ति पाए ।

मनिषा कोइराला : मनिषा कोइरालालाई सन् २०१२ नोभेम्बरमा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । तर, यस अवधिमा उनले कहिल्यै आशा छोडीनन् र आफ्नो दृढ संकल्पका साथ रोगलाई परास्त गरिन् । उनले आफ्नो उपचारका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।

लिसा रे : लिजा रे पनि क्यान्सरको शिकार भएकी छिन् तर मल्टिपल माइलोमा क्यान्सर भएको थाहा पाएपछि उनले हार मानिनन् र अहिले यो रोगबाट निको भएकी छिन् ।

किरण खेर : सन् २०२१ मा किरण खेरलाई ब्लड क्यान्सर भएको खबर बाहिर आएको थियो । गत वर्ष उनको एउटा तस्विर सार्वजनिक भएको थियो जसमा उनी क्यान्सरका कारण निकै कमजोर देखिएकी थिइन् ।

ताहिरा कश्यप : लेखक तथा निर्माता ताहिरा कश्यपलाई सन् २०१८ मा स्तन क्यान्सर भएको पत्ता लागेको थियो । आयुष्मान खुरानाकी पत्नी ताहिरा यस कठिन समयमा धेरैका लागि प्रेरणा बनिन्। क्यान्सरसँगको लडाइँबारे उनी सधैं खुलेर कुरा गर्छिन् । यससँगै उनले सामाजिक सञ्जालमा आफ्नो झगडाका तस्विर पनि पोस्ट गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्