Logo

अक्षय कुमारको ‘रक्षाबन्धन’ आमिरको ‘लाल सिंह चड्ढा’सँग भिड्ने



एजेन्सी, २ असार । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘रक्षा बन्धन’ को रिलिज मिति घोषणा गरिएको छ । यसबारेमा अक्षयले बिहीबार सामाजिक सञ्जालमा एउटा छोटो भिडियो सेयर गरेका छन् । यो भिडियोसँगै अक्षयले फिल्मको रिलिज मितिबारे पनि जानकारी दिएका छन् । यो फिल्म आनन्द एल राईको निर्देशनमा बनेको हो ।

भिडियो सेयर गर्दै अक्षय कुमारले क्याप्सनमा लेखेका छन्, “तपाइँहरू सबैका लागि एउटा कथा ल्याउदै छु, जसमा सबैभन्दा बलियो र शुद्ध सम्बन्ध देखाइनेछ। जसलाई हेरेर तपाईहरुले आफ्नो सम्बन्ध सम्झिनुहुनेछ। ’रक्षा बन्धन’ ११ अगस्ट २०२२ फिल्मको शीर्षक लोगो र यस प्रोमो भिडियोमा थोरै संगीत पनि सुनिएको छ।

‘रक्षाबंधन’ को रिलिज मिति सकिएपछि यो फिल्म बक्स अफिसमा आमिर खानको ‘लाल सिंह चड्ढा’सँग भिड्ने तयारीमा छ । ‘लाल सिंह चड्डा’ पनि अगस्ट ११ मा हलमा रिलिज हुँदैछ । बक्स अफिसमा यी दुई फिल्मबीच कडा टक्कर हुनेछ । अब अक्षय र आमिरको कुन फिल्मले बक्स अफिसमा बाजी मार्छ त्यो हेर्न बाँकी छ ।

अक्षय कुमार बाहेक भूमि पेडनेकर पनि ‘रक्षा बन्धन’ मा मुख्य भूमिकामा देखिनेछिन् । फिल्मको कथा हिमांशु शर्मा र कनिका ढिल्लनले लेखेका हुन् । कलर येलो प्रोडक्सन, जी स्टुडियो, अल्का हिरानन्दवी र केप अफ गुड फिल्म्सले यो चलचित्र निर्माण गरेका हुन् । अक्षयले गत वर्ष यो फिल्मको घोषणा गरेका थिए र यसलाई आफ्नी बहिनीलाई समर्पित फिल्म भनेका थिए। अक्षयले अक्टोबरमा यो फिल्मको सुटिङ पूरा गरेका थिए । अब छिट्टै यो फिल्मको ट्रेलर पनि रिलिज हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot