Logo

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय



काठमाडौं, असार ७ । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै सो सम्बन्धमा अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको हो ।

एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे विवाद सुरु भएको थियो ।

अमेरिकाको प्रस्तावसहितको उच्च क्षेत्रमा सैन्य अभ्यास गर्नेलगायतका विषय समावेश भएको ‘१० बुँदे मस्यौदा’ सार्वजनिक भएपछि देशभर त्यसको विरोध भएको थियो ।

सत्तारूढ र विपक्षी सांसदले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदसमक्ष एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण दिएका थिए । नेपाली सेनाले पनि १ असारमा वक्तव्य जारी गर्दै एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको स्पष्ट पारेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot